बुटवल । सत्तारूढ दल नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उहाँको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । सचेतक ढकाल चार दिनदेखि काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

‘म काठमाडौँ गम्भीर बिरामी भएर उपचार गर्दैछु । राति २ बजेतिर बम प्रहार भएको जानकारी पाएँ । मलाई घरमै छ भनेर बम हानिएको होला,’ ढकालले भन्नुभयो ।

Comments

comments