काठमाडौं । वरिष्ठ साहित्यकार प्रा.डा. लख्खीदेवी सुन्दासको निधन भएको छ । भारतको दार्जिलिङमा रहेर लामो समय नेपाली साहित्यमा सक्रिय रहनुभएकी  सुन्दासको सिलिगुडीस्थित नर्सिङ होममा बिहीबार ८५ वर्षको उमेरमा मृत्यु भएको हो।

सुन्दास लामो समय दार्जिलिङ सरकारी कलेजकी प्राचार्य हुनुहुन्थ्यो। केही समय उत्तर बंगाल विश्वविद्यालयमा पनि सुन्दासले प्राध्यापन गर्नुभएको थियो। सुन्दास दिवंगत साहित्यकार इन्द्रबहादुर राई लगायत साहित्यकारका समकालीन हुनुहुन्थ्यो। डा. सुन्दासका ‘खै रिपोर्ट आएन’ र ‘तेस्रो घर’ चर्चित कथा छन्। सम्भावित अर्थ समर्पित एकान्त, आहात अनुभूति, अकादमी निबन्धावली र गुमानसिंह चामलिङका कविता उनका साहित्यिक कृति हुन्। यस्तै, साहित्यकार लख्खीदेवीका समाचोलचनात्मक कृतिसमेत प्रकाशित छन्।

सुन्दासको पार्थिव शरीरलाई शुक्रबार श्रद्धाञ्जलिका लागि प्रधाननगरस्थित निवासमा राखिने भएको छ । शनिबार सिलिगुडीमै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

सुन्दास सन् १९३४ साल मार्च २७ तारिकमा जन्मिनुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments