काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परे पछि हाल रवि कार्यरत टेलिभिजनमा कार्यक्रम संचालन गरेका पत्रकार प्रेम बानिया रविको पक्षमा देखिएका छन्।

जय स्वाभिमान कार्यक्रम चलाएर निकै चर्चा कमाएका पत्रकार बानिया अमेरिकाको डिभी परेर अहिले अमेरिकामा बसोबास गर्दै आएका छन्। उनले अमेरिका बाटनै रविको समर्थन गर्ने जनाएका छन्।

उनले भनेका छन् अव दुनिया साँघुरो भै सक्यो हामी रविको न्यायका निम्ति जहाँसुकै संसारभरबाट बोल्न तयार छौं । यस्तै उनले अमेरिकाबाट लामो फेसबुक स्टाटस लेख्दै पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो माथि पनि शंका गर्दै प्रश्न गरेका छन्।

उनले सार्वजनिक भएको भिडियोमा संकाका साथ प्रश्न गर्दै भनेका छन् “आत्महत्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो रु उसलाई कारबाही हुनुपर्छ कि पर्दैन रु यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैन÷मिल्दैन । यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएको भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरोपित हुनसक्छन् ?”

यस्तै उनले अर्को प्रश्न गर्दै भनेका छन् “भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आ३त्मह४त्या गरेको हूँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?”

उनले तेस्रो प्रश्न गर्दै भनेका छन् “जनहितसम्वन्धि कार्यक्रम प्रशारणको अन्तिम तयारीमा रहेकावेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टाअगाडि टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ रु जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ ‘यदि म दोषि ठहरिए कानुनबमोजिम कारबाही भोग्न तयार छु ।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने ‘ ???”

Comments