आज श्रीकृष्ण जन्माष्टमी, हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाईरहेका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णाष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । मुलुकभरका कृष्ण मन्दिरहरुमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव जातीको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णने आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष गरी पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments