काठमाडौं । आज सुदूरपश्चिम क्षेत्र, मध्य पश्चिमका केही जिल्ला र देशका विभिन्न शहरमा यो पर्व मनाइँदै छ ।

भाद्रशुक्ल अष्टमीमा मनाइने गौरापर्वमा हिमालय पुत्री गौरीको पूजाआजा गरिन्छ । नौ वर्षमुनिका कन्यालाई सनातन संस्कृतिमा गौरी मानेर पुज्ने चलन छ ।

कन्या अवस्थाकी पार्वती वा गौरीले महादेव पति पाऊँ भनी सानैदेखि कामना गरेकी र कठोर व्रत बसेकी हुनाले उनको चरित्र स्मरण गरी गौरा पर्व मनाउने गरिन्छ । गौरा पर्वमा शिवपार्वती सम्बन्धी कथानक गीत गाएर डेउडा नाचिने भएकाले यो गीति पर्वको रुपमा परिचित छ ।

गौरापर्वको अघिल्लो दिन सप्तमी तिथिमा विवाहिता महिलाहरुले गौरा पूजा गर्ने स्थलमा गौरालाई धागो चढाउने र आफूले पनि नयाँ धागो लगाउने गर्छन् । यसलाई दुबधागो भन्ने गरिन्छ ।

यस पर्वका अवसरमा भाद्रशुक्ल पञ्चमीका दिन लिपपोत गरी शुद्ध पारिएको कोठामा मास,गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका बीउबिजन भिजाएर राखिन्छ । पञ्चबीज मिश्रित बिरुडा वा क्वाँटी अष्टमीका दिन आपसमा बाँड्ने चलन छ ।

आजै काठमाडौको कागेश्वरीमा कागेश्वर मेला लाग्दछ भने थकाली समुदायमा फालो पर्व मनाइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments