काठमाडौं । अन्तर्राष्ट्रिय गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट मदिराले अनियन्त्रित भई विमानमा अभद्र व्यवहार गरेपछि सिल्क एयरले उनलाई विमानबाट उतारेको छ । सेतोपाटिमा उल्लेख भए अनुसार, भट्ट र संचारकर्मी सनत न्यौपानेलाई विमानबाट उतारिएको हो ।

सिल्क एयरको विमान शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा थियो । फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) उक्त विमानमा भट्ट र न्यौपाने पनि चढेका थिए । उनीहरुले विमान स्थलका कर्मचारी, प्रहरी र विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यवहार गरेको बताइएको छ ।

होहल्ला गर्दै विमान कर्मचारीहरुमाथि अभद्र व्यवहार गरेपछि सिल्क एयरले उनीहरुलाई विमानबाट उतारेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments