मेलबर्न । आधुनिक प्रविधिले छरिएर रहेका साथी तथा आफन्तलाई नजिक हुनुको आभास दिलाइरहेको छ । अनलाइन सेवा दिइरहेका ‘My Teej ‘ र “Cake to Nepal ‘ पनि यस्तै माध्यम हुन्, जसले भौगोलिक रुपमा टाढा रहनु परेतापनि मुहारमा मुस्कान ल्याइदिने प्रयास गरिरहेका छन् ।

माइ तीज र केक टु नेपालले सहकार्य गरि यसपालीको तीजलाई विशेष बनाइदिने प्रयास गरेका छन् । माइ तीज मार्फत नेपालमा रहेका आफ्ना आफन्त या साथीको लागि अष्ट्रेलियाबाट तीज उपहार स्वरुप लेहेंगा, सारी, कुर्ता पठाउन सकिन्छ । आफ्नो बजेट र रोजाइ अनुसार उपहार छान्न सकिने माइ तीजले बताएको छ ।

खुशीलाई दोब्बर बनाउनको लागि माइ तीज र केक टु नेपालले सहकार्य गरि विशेष अफर समेत ल्याएका छन् । जसअन्तर्गत, माइ तीज मार्फत तीजको उपहार पठाउँदा केक टु नेपालबाट केक फ्री पाइनेछ । एक क्लिक मै आफूले चाहेको उपहार र केक नेपालमा आफूले दिन चाहेको व्यक्तिको दैलोमा पुग्नेछ ।

केक टु नेपालले आउँदो अगस्ट ३० को दिनमा परेको बुवाको मुख हेर्ने दिनको लागि समेत विशेष प्याकेजहरु लिएर आएको छ । केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।

Comments

comments