–कामना न्यौपाने

शीर निहुराई,
जब म ढोगेर उठ्छु,
मुस्कुराइरहेका मेरा बाबा पाउँछु,
त्यो चारकुने फ्रेमभित्र,
अगाडि बलिरहेको दियोसँगै ।

सोंच्छु,

मेरा थपिदै गरेका वर्षसँगै
हजुरको आशिर्वाद लिन पाए !
कर्तव्य, जिम्मेवारीका बीच
हजुरले गुजारेका वर्षहरुका
ती अनुभवहरु सुन्न पाए !
तर पनि म त हजुरकी भाग्यमानी छोरी हुँ बाबा ।

बेपत्ता पारिएका ती
बाबुहरुका सन्तानहरुले
अनिश्चतताको बाटो हेर्दै गर्दा,
म त हजुरलाई सम्झेर
तर्पण दिन सकेकी छु ।

बाबाको अनुहार हेर्न नपाई
टुहुरा बनेका छोराछोरीले
काल्पनिक चित्र कोर्दै गर्दा,
हातमा बाबुछोरीको तस्विरसंगै
म केहि क्षण मुस्कुराएकी छु ।

बाबालाई अकालमा मारिएको
त्यो घटना सम्झनेहरूको भिडमा,
म त हजुरसँग बिताएका
ती अन्तिम क्षणहरुको
सम्झना गरिबसिरहेकी छु ।

बाबुको पहिचान नपाई भौतारिएका
यो पितृसत्तात्मक देशका
सन्तानहरुको भींडमा,
म त हजुरसँग जोडिएको
मेरो परिचय लिई घुमिरहेकी छु ।

हामीलाई यहाँसम्म ल्याइपुर्याउने बाबा हामी सबैको लागि विशेष हुनुहुन्छ । बाबाको मुख हेर्ने दिन यो वर्ष अगस्ट ३० मा परेको छ । अष्ट्रेलिया रहेका छोराछोरीले नेपालमा रहनुभएका बुवालाई खुशी थपिदिन सकुन् भन्ने उद्देश्यले केक टु नेपालले विभिन्न उपहार तथा केक प्याकेज लिएर आएको छ । केक टु नेपालले नेपालका मुख्य शहरमा होम डेलिभरी समेत गरिदिन्छ । यसबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >> Cake to Nepal

Father's day specialBook your order today and save ASD 50https://caketonepal.com/fathers-day-instant-order/Order Now#fathersday #buwakomukhherne #fathersdaygiftidea #australiatonepal #lovetofather #dad #buwa #papa #pitaji

Posted by Cake to Nepal on Monday, August 26, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments