मेलबर्न । अष्ट्रेलियाको भिसा इन्भिटेसन संख्या निकै घटेको छ । सबक्लास १८९ भिसाको इन्भिटेसन संख्यामा निकै कम देखिएको हो ।

स्किल्ड इन्डेपेनडेन्ट भिसा (सबक्लास १८९ ) भिसाको इन्भिटेसन संख्या यो महिना १ सय मात्र रहेको छ । धेरै इन्भिटेसन ८५ पोइन्ट रहेका निवेदनहरुलाई दिइएको छ । सबक्लास १८९ भिसाको इन्भिटेसन संख्या गत जुलाईमा भने १ हजार रहेको थियो ।

विज्ञहरुका अनुसार इन्डेपेनडेन्ट भिसा अन्तर्गतको पीआरमा कडाई गरि ग्रामिण क्षेत्रमा आप्रवासीलाई पठाउने प्रयास स्वरुप कम इन्भिटेसन दिइएको हो । आगामी नोभेम्बर देखि सबक्लास ४९४ र सबक्लास ४९१ गरि दुई रिजनल भिसा लागु हुँदैछन् ।

त्यस्तै, स्किल्ड रिजनल भिसा ( सबक्लास ४८९ ) अन्तर्गत यो महिना १ सय इन्भिटेसन दिइएको छ । यस भिसाको इन्भिटेसन संख्यामा परिवर्तन नआएको बताइएको छ ।

Department of Home Affairs

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments