मेलबर्न । अष्ट्रेलियामा गुल्मेलीले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै तीज मनाएका छन् । गुल्मी समाज भिक्टोरियाले उक्त तीज विशेष कार्यक्रम ‘तीज साँझ २०१९’ को आयोजना गरेको थियो ।

 

तीज साँझमा सहभागीहरुले मौलिकता झल्किने तीज गीत गाएका थिए । कार्यक्रममा घन्किएको डिजे संगीतले सहभागी सबैलाई झुमेर नाच्न उत्साहित बनाइरहेको देखिन्थ्यो । यसका साथै नेपाल आइडल सिजन २ का विजेता रवि ओडको प्रस्तुतिले कार्यक्रममा थप रौनक थप्यो । साथमा फोटोग्राफी तथा स्वादिष्ट खानाको परिकारले सहभागीहरुको मुहारमा मुस्कान थपिएको देखिन्थ्यो ।

तीज साँझको टिकट शुल्क मार्फत उठेको रकम सामाजिक सेवामा खर्च गरिने संस्थाका अध्यक्ष गान्धी भट्टराईले बताउनुभयो । गत एक महिनामा मात्र संस्थाले सामाजिक हितका तीन वटा कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो ।

 

Comments

comments