काठमाडौं । रोजगार तथा पढाइको सिलसिलामा देश छोड्ने युवाहरुको संख्या बढिरहेको छ । नेपालका गाउँघरहरु प्राय: शुन्य भइसकेका छन् । पहिले गाउँमा अत्यधिक जनसंख्या हुँदा बाटो तथा अन्य सुविधा थिएन भने अहिले गाउँमा बाटो पुगेको छ, तर त्यो बाटो हुँदै युवाहरु शहर तथा विदेश छिरेका छन् ।

विदेश बसेर नेपाल फर्किएको युवा भनसुन, चाप्लुसी, विभेद, भ्रष्टाचार, अव्यवस्थित शहर देखि दिक्क हुन्छ । काम गरेर खाने नेपालीले कमिसनले नै जिन्दगी चलाउन गरेको देख्दा उसलाई विरक्त लागेर आउँछ । तर, यही माटोमा खेलेर हुर्किएको उसलाई यो माटोको सुगन्धले मोहित बनाउँछ, यहाँको फोहोर र खाल्डाखुल्डी भएको बाटो पनि उसलाई प्रिय लाग्छ ।

हाल अष्ट्रेलियामा बसोवास गरिरहेका उज्वल घिमिरे (Ujk) ले आफ्ना यस्तै अनुभवहरुलाई समेटेर म्युजिक भिडियो तयार पारेका छन् । शब्द तथा स्वर Ujk को रहेको उक्त गीतमा संगीत संयोजन, रेकर्डिंग मिस्टा चाम्लिङ्गले गरेका हुन् ।  ‘मेरो देश’ म्युजिक भिडियोलाई Mantra Vfx ले निर्माण गरेको हो ।

‘मेक मनि रेकर्ड्स’ मार्फत अष्ट्रेलियावासी नेपाली युवाहरु सांगीतिक क्षेत्रमा अगाडी बढिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments