काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ ।

सभापति देउवाले संसदीय समितिमा विचाराधिन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको भन्दै विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो । आज सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सभापति देउवाले आफ्नो अडान कायम राख्न निर्देशन दिनुभएको हो । विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने कांग्रेसको मत छ ।

बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

Comments

comments