कास्की । गायन रियालीटी सो नेपाल आइडल सिजन थ्रीको अडिसन मंगलबार पोखरामा सुरु भएको छ ।

एपीवान एचडीबाट प्रशारण हुँदै आएको नेपाल आइडल आयोजकका अनुसार छ पोखरा अडिसनपछि ३ असोजमा बुटलवल, ६ असोजमा नेपालगञ्ज, १० असोजमा वीरगन्ज र १४ असोजमा विर्तामोडमा हुने छ । कात्तिक ६ गते काठमाडौंमा अडिसन भएसँगै अडिसनको चरण सकिने छ ।

१६ वर्ष देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने मापदण्डअनुसार पोखरामा युवायुवती अडिसनमा सहभागी भएका छन् । कार्यक्रमलाई विगतभन्दा थप सुधार गर्दै अघि बढाउने कार्यक्रमका निर्देशक लोकेश ब्रजार्चायले बताए ।

पोखराको सिमलचौरस्थित जनप्रिय माविमा मंगलबार भएको अडिसनमा सहभागी हुन आएका गण्डकी प्रदेशका युवाहरुले अडिसनअघि सडक, पसल र चोकमा गिटार बजाएर गित गाउँदा पोखरा संगीतमय बनेको थियो । उनीहरुलाई उत्साह थपगर्न नेपाल आइडल सिजन २ मा दोस्रो हुन सफल विक्रम बराल पनि अडिसन स्थलमा उपस्थित भएका थिए ।

झरीका बाबजुद अडिसनमा करिब ५ सय युवाले सहभागीता जनाएका थिए । नेपाल आइडल सिजन थ्रीको निर्णयकमा संगीतकार न्यह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाल बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Comments

comments