सोह्रश्राद्धको समय सुरु भएको छ । श्राद्ध गर्दा पितृको मृत्यु भएको तिथीलाई मान्ने गरिन्छ । उक्त तिथीमा तर्पण दिएमा पितृको स्वर्गमा वास हुन्छ भन्ने हिन्दु धार्मिक मान्यता छ । शास्त्रमा जनाईए अनुसार, मृत्युको तिथीमा पितृ धर्तीमा आउने गर्छन् । त्यसैले उक्त दिन ती पितृलाई सम्झिएर कार्य गर्नुपर्छ । यहाँ श्राद्धको बारेमा शास्त्रमा बताइएका थप कुराहरु उल्लेख गरिएको छ ।

श्राद्ध गर्दा छोराले गर्नुपर्छ (पछिल्लो समय छोरीले पनि श्राद्ध गर्न सक्छन् भन्ने मान्यता फैलिंदै गएको छ ) । सन्तान नभएमा पत्नीले श्राद्ध गर्न सक्छिन् र पत्नी पनि नभएमा दाजुभाईले श्राद्ध गर्न सक्छन् ।

श्राद्ध साँझको समयमा गर्नु हुँदैन ।

यदि पितृको मरण कुनै हातहतियारका कारण भएको भएमा मूख्य तिथी र चतुर्दशी तिथीमा पनि श्राद्ध गर्नुपर्छ ।

अरुको भूमिमा श्राद्ध गर्नु राम्रो मानिदैन । तिर्थस्थल, वन, पर्वतमा भने श्राद्ध गर्न सकिन्छ ।

कार्य सकिएपछि ब्राह्मण संगै पितृ पनि आफ्नो बाटो लाग्छन् भनिन्छ । त्यसैले ब्राह्मणलाई उचित सम्मानका साथ बिदाई गर्नुपर्छ ।

ब्राह्मणलाई भोजन गराउँदा दक्षिण दिशामा बसाल्नुपर्छ ।

श्राद्ध गर्दा मात्र गाईको दूध र दहीको प्रयोग गर्नुपर्छ ।

श्राद्ध गर्दा या पितृको नाममा दान गर्दा तामा अथवा चाँदीको भाँडा राम्रो मानिन्छ ।

पितृलाई दुध, दही, घ्यु र अन्नबाट बनेका खिर जस्तै शुद्ध शाकाहारी परिकार मनपर्छ भन्ने मान्यता छ । त्यसैले ब्राह्मणलाई ती परिकारहरु खुवाउनुपर्छ ।

ब्राह्मणले भोजन गर्दा मौन रहेर भोजन गर्नुपर्छ भन्ने मान्यता छ । उक्त मान्यता अनुसार, पितृले तब मात्र भोजन पाउँछन् जब ब्राह्मणले मौन रहेर भोजन गर्छन् ।

श्राद्ध गर्दा पूर्ण कार्य गरि ब्राह्मण र आफू वरिपरिका प्राणीलाई खुशी राख्नुपर्छ ।

भोजन लिंदा अन्य प्राणीको पनि ख्याल राख्नुपर्छ । त्यसैले भोजन गर्नुभन्दा पहिले गाई, काग, कमिला, कुकुर लगायत प्राणीलाई खाना दिनुपर्छ।

भगवानलाई चढाएको प्रसाद या भोजन गाईलाई खुवाउनुपर्छ । ब्राह्मणलाई भोजनसंगै आफ्नो क्षमता र चाहना अनुसार दक्षिणा दिनुपर्छ ।

श्राद्धको लागि कृष्ण पक्ष उपयुक्त मानिन्छ ।

श्राद्धमा केराको पातमा खाना खानु हुँदैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments