सिड्नी । अष्ट्रेलियामा डम्फु साँझ – २०१९ को भव्य तयारि चलिरहेको छ । नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्धन संगै सामाजिक एकताका लागि अगाडी बढिरहेको तामाङ्ग सोसाइटी अफ न्यु साउथ वेल्सले डम्फु साँझको आयोजना गर्ने भएको हो ।

डम्फु साँझमा तामाङ्ग सेलो, सम्फु र तुंगना धुन लगायतका सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । यसका साथै कार्यक्रममा खानाका परिकार संगै अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समेत रहने आयोजकले बताएका छन् । कार्यक्रममा प्रवेश शुल्क ३५ डलर लाग्नेछ र उक्त ३५ डलर भित्र डिनर पनि मिल्नेछ ।

न्यु साउथ वेल्समा छरिएर रहेका नेपाली तामाङ्ग समुदायलाई एकतामा बाँधेर सामाजिक हितको लागि अगाडी बढ्ने उद्देश्य सहित तामाङ्ग सोसाइटी अफ न्यु साउथ वेल्सको स्थापना भएको थियो । स्थापनाको दशौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा डम्फु साँझ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

डम्फु साँझ २०१९ आगामी अक्टोबर १९ शनिबारको दिन इन्द्रेणी फन्सन सेन्टर, रकड़ेलमा हुनेछ । कार्यक्रम बेलुका ५ बजे देखि सुरु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments