काठमाडौं । फिफा वर्ष खेलाडी अवार्ड अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हात पारेका छन् । मेस्सीले लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको थियो।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । मेस्सीले अवार्ड जित्ने क्रममा कुल ४६ प्रतिशत मत प्राप्त गरे । दोस्रो स्थानको भान डाइकले ३८ र तेस्रो रोनाल्डोले ३६ प्रतिशत मत पाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments