काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् ।

२७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरी जन्माएको उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा। चन्दा कार्कीले जानकारी दिइन् ।

आठ महिनाको गर्भबाट डा। कार्की लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश स् १।४, १।५, १।६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २।५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान पदम शाहीले जानकारी दिनुभयो ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताउनुभयो । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

Comments