मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा चलचित्र छ माया छपक्कै चलचित्रको शो हुने भएको छ । हिमा-अस मेलबर्नले उक्त शोको आयोजना गरेको हो ।

छ माया छपक्कैको शो आगामी अक्टोबर १३, १४, २० र २१ गरि ४ दिन चल्नेछ । चाइना टाउनमा हुने उक्त शो बेलुका ७:४५ बजे सुरु हुनेछ ।

छ माया छपक्कै हेर्न चाहनेले अनलाइन मार्फत टिकट बुकिङ्ग गर्न सक्नेछन् । अग्रिम टिकट लिनेहरुका लागि टिकट शुल्क २५ डलर र शो स्थलमै टिकट लिनेलाई ३० डलर शुल्क लाग्नेछ ।

दीपक राज गिरि र दीपा श्री निरौलाको छ माया छपक्कै चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउंदैछ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने दीपेन्द्र लामाको निर्देशन रहेको छ ।

Comments

comments