मेलबर्न । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ ।

उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलिया यात्रा अब केहि मुस्किल बन्ने भएको हो । अष्ट्रेलियाको आन्तरिक मामिला मन्त्रालयले नेपाललाई लेभल टुबाट तल झारेर लेभल थ्रीमा राखेको छ । लेभल थ्रीमा झर्नु भनेको नेपाली विद्याथीहरुलाई भिसामा कडाई गर्ने सन्देश हो । नेपाललाई लेभल थ्रीमा झारेपछि अब भिसामा केहि कडाई हुने विज्ञहरु बताउछन् । फाइनान्सियल डकुमेन्ट र अन्य कागजातहरुमा कडाई हुनुको साथै भिसाको संख्या पनि घट्ने उनीहरुको भनाइ छ ।

नेपालसँगै भारत र पाकिस्तानलाई पनि अष्ट्रेलियाले लेभल थ्रीमा झारिदिएको छ । नेपालबाट बर्षेनी १५ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गैरहेका छन् । हालसम्म उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा अष्ट्रेलिया रहँदै आएको छ ।

हालसम्म करिब एक लाख विद्यार्थी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

Comments