सिड्नी । अष्ट्रेलियामा रहेर नेपाली साहित्य तथा कलामा रुचि राख्नेहरुका लागि अन्तर्ध्वनी कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल रिपोर्टसको आयोजना तथा तथा एई ग्लोबल एजुकेशनको मूख्य प्रायोजनमा कार्यक्रम अन्तर्ध्वनी : अविरल कविता यात्रा हुने भएको हो ।

कार्यक्रममा कविता संगै गीत, गजल, हाँस्यव्यंग, नृत्य लगायतका प्रस्तुतिहरु रहने आयोजकले बताएका छन् ।

कार्यक्रम २९ सेप्टेम्बर अर्थात आइतबार रकड़ेल स्थित रेड क्याप्सीकम फंक्सन सेन्टरमा हुनेछ । १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र प्रवेश पाउने यस कार्यक्रममा प्रवेश शुल्क १५ डलर लाग्नेछ । बेलुका ६ बजे देखि सुरु हुने उक्त कार्यक्रमको बारेमा थप जानकारीको लागि तलको पोस्टर हेर्नुहोस् :

 

Comments

comments