मेलबर्न । अष्ट्रेलियामा घुम्नको लागि आउने र यहाँको नियम कानुनलाई अनुशासनमा रहेर पालना गर्दै काम गर्न चाहनेहरुका लागि अष्ट्रेलिया सरकारले वर्किङ्ग होलिडे भिसा दिने गर्छ ।

अन्य देशबाट वर्किङ्ग होलिडे भिसामा घुम्न आउने व्यक्तिलाई ग्रामिण क्षेत्रमा काम गर्ने अनुमति सहितको भिसा दिने गरिन्छ । यदि पहिलो वर्षमा भिसाको लागि लागु गरिएका सर्त पूरा गरि अनुशासन पूर्वक रहेमा दोस्रो वर्षको लागि समेत भिसा बढाइन्छ । यसरि भिसा बढ्ने पर्यटकको संख्यामा २० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।

वर्किङ्ग होलिडे भिसाले अष्ट्रेलियाको पर्यटन र ग्रामिण विकासमा सहयोग पुगेको बताएको छ । अध्यागमन मन्त्री डेभिड कोल्म्यानले वर्किङ्ग होलिडे भिसा वर्ष थप गर्नेको संख्यामा अझ वृद्धि भएको हेर्न चाहेको जनाउंदै ग्रामीण आप्रवासनका लागी थप अवसरहरू प्रदान गर्ने योजना ल्याइने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments