मेलबर्न । विदेशिएका नेपाली छोराछोरीलाई आमाबुवा र परिवारको याद चाडपर्वको समयमा अझ बढी आउँछ । त्यस्तै, उता परिवार विदेशिएको सन्तान फर्किने आशमा बाटो हेरी बसेका हुन्छन् । सन्तान आफ्नो काख छोडी परदेशिंदा आमा गहिरो पीडामा डुब्छिन् । नेपाली समाजको यही तीतो यथार्थलाई उज्ज्वल घिमिरे Ujk ले म्युजिक भिडियो मार्फत प्रस्तुत गरेका छन् ।

मेलबर्नमा रहेर आफ्नो सांगीतिक यात्रालाई पनि अगाडी बढाइरहेका Ujk को नयाँ म्युजिक भिडियो ‘ यसपाली दशैंमा आमा’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा उनले विदेशिने युवाहरुको पीडा र आमाको पीडा लाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । गीतमा गायकले आमालाई आफू जीवनसंग जुध्ने क्रममा आमाको काख छोड्नुपरेको उल्लेख गर्दै यसपालीको दशैंमा घर फर्किने वाचा गरेका छन् ।

‘यसपाली दशैंमा आमा’ गीतमा गायक Ujk स्वयम् र कमलको शब्द रहेको छ भने गीतको कम्पोज पनि Ujk ले नै गरेका हुन् । गीतमा रेकड़िंग इन्जिनियर मिस्टा चाम्लिङ्ग रहेका छन् । त्यस्तै, गीतमा म्युजिक प्रोडक्सन BeatsbyHype ले गरेको हो ।

मेक मनि रेकर्डसले ल्याएको ‘यसपाली दशैंमा आमा’ म्युजिक भिडियोको निर्देशन तथा सम्पादन कार्य Mantra Vfx स्टुडियोले गरेको हो ।

Comments

comments