काठमाडौं । यौनकाण्डपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरा र रोशनी शाहीको छोरी समेत रहेको खुलासा भएको छ ।

शाही आफैंले सामाजिक सञ्जाल मार्फत महरासँगको सम्बन्धबाट आफूले छोरी जन्माएको खुलासा गर्नुभएको हो । उहाँले विभिन्न समयमा पोष्ट गर्नुभएको फेसबुक स्ट्याटसले उहाँहरुबीच लामो समयदेखि प्रेममा रहेको तथ्य खुलेको छ । शाहीको फेसबुक स्ट्याटसले महराले आफूले चाहेको बेला जहिले पनि शाहीसँग यौन सम्पर्क राख्ने गरेको र र उहाँ महराको छोरीको आमा बनेको तथ्यसमेत उजागर गर्नुभएको छ ।

‘हो नेतालाई जे पनि गर्न छुट छ। झूट बोल्न, बलात्कार गर्न, बहुविवाह गर्न, हतियार बोक्न, यहाँसम्मकी छोरी बनाएकीलाई पेट बोकाएर छोरी जन्माउनसमेत छुट छ,’ शाहीले अप्रिल १०, २०१७ मा आफ्नो फेसबुक स्ट्याटसमा लेख्नुभएको छ । महरालाई यौन सन्तुष्टि दिलाउँदा आफू भने बर्वाद भएको संकेत पनि उहाँले स्टाटसहरुमा ब्यक्त गरेको पाइन्छ।

‘घरकी स्वास्नीको मुख थुनेर २०४७ सालदेखि सांसद भएदेखि, भूमिगत कालदेखि युद्धकालसम्म अहिलेकी हाल नयाँ कामकाजका लागि भित्र्याएकीसम्म र २०७३ साउन १८ गतेसम्म ५९ वर्षको उमेर आइपुग्दा कति जनाको बलात्कार गर्नुभयो ? सम्पत्तिको हिसाब नबुझाए पनि यसको त हिसाब होला नि। त्यो पनि आर्थिक हिसाबकिताब हुने ठाउँमा नहुने त कुरै भएन, हैन र मन्त्रीज्यू ?’ दुई वर्षअघि मात्रैअप्रिल २६, २०१७ मा उहाँले फेसबुकमा लेख्नुभएको छ । शाहीको यो स्ट्याटस आउँदा महरा अर्थमन्त्री हुनुहुन्थ्यो ।

Comments

comments