काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नपर्ने बताउनुभएको छ ।

६३ औँ प्रहरी दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्नुभएको हो । उहाँले अपराधका घटनाको निष्पक्ष छानबिनका लागि सरकारले प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणतिर संकेत गर्दै प्रधानमन्त्री ओलीले अपराधलाई राजनीतिकरण गर्ने छुट कसैलाई नहुने बताउनुभयो ।

Comments

comments