नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि अनुबन्धित भएका छन् । सन्दीपलाई बर्मिङ्घमले १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

नयाँ फर्म्याटको रुपमा आएको सय बलको खेल ‘द हन्ड्रेड’ आगामी जुलाई २०२० मा इंग्ल्याण्ड र वेल्समा हुँदैछ । प्रतियोगितामा आठ टिम रहने बताइएको छ । प्रतियोगितामा महिला र पुरुष दुवै टिमको प्रतिस्पर्धा रहनेछ । प्रतियोगिताका लागि स्थानिय खेलाडी संगै २ सय ४० जना विदेशी खेलाडी लिइएको बताइएको छ । जसमा क्रिस गेल, स्टिभ स्मिथ लगायतका क्रिकेट सुपरस्टारसंगै सन्दीप लामिछाने पनि छनोटमा परेका हुन् ।

यस प्रतियोगितामा पाएको मूल्य सन्दीपकाे अहिलेसम्मकै उच्च मूल्यहाे । सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए ।

Comments