काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठ कूल आचार्य समूहबाट कोषाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । यस्तै सचिवमा गौरीराज जोशी र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ । अन्य पदको मत गणना भइरहेको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षमा कुमार पन्तको अग्रता यथावत रहेको छ । २ हजार मत गणना भैसक्दा अध्यक्षमा पन्त १३२ मतले अगाडि रहनुभएको छ । अब ३४१ मत मात्र गन्न बाँकी रहेको छ ।

निर्वाचनमा अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको छ ।

Comments