काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी-१० लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमकाे कप्तानी छाेडेकाे एक सातापछि नै उनले टिम आबु धाबीबाट टी-१० लिग खेल्ने भएका  हुन् ।

पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको छ ।

संयुक्त अबर इमिरेट्स (युएई) मा नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने टी–१० को ड्राफ्ट र खेलाडी अनुबन्ध एक साता अघिनै भएको थियो । यद्यपी ड्राफ्टमा पारसको नाम थिएन । पारसलाई ड्राफ्ट अघिनै अबुधावीले आपसी सहमतिमा लिईसकेको बताईएको छ । आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी रहेका छन्  ।

टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीप लामिछानेलाई भने कर्नाटक टस्कर्सले अनुबन्ध गरेको छ ।

 

 

Comments