काठमाडौं । केही वर्ष अगाडी सम्म गर्भावस्थालाई लाजको रुपमा लिएर महिलाहरुले पेट नदेखियोस् भन्ने कुरामा सतर्क भएर हिंड्ने गर्थे । पछिल्लो समय भने आधुनिकता र उदार सोंचका कारण नेपाली समाज गर्भावस्थालाई सकारात्मक दृष्टिकोणले हेर्न थालेको छ भने महिलाहरु खुलेर आफ्नो गर्भावस्था बारे बताउन थालेका छन् । सेलिब्रेटीहरुले गर्ने गर्भावस्थाको फोटोसुटलाई आम महिलाहरुले समेत पछ्याउन थालेका छन् ।
अभिनेत्री तथा लोकप्रिय रंगकर्मी सिर्जना सुब्बाको यस्तै प्रेगनेन्सी फोटोसुट अहिले भाइरल भइरहेको छ । गर्भावस्थामै रंगमञ्चमा समेत देखिएकी उनी प्रकृतिले दिएको अवसरमा उत्सव मनाउनुपर्ने बताउँछिन् ।

Comments