आज हरिबोधनी एकादशी । भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी शुक्रबार मुलुकभर हरिबोधनी एकादशी मनाइँदै छ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी विवाह गर्ने परम्परा छ ।

 

Comments