काठमाडौं । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ ।

सिमामा धुसपैट हुन सक्ने जनाउदै भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारी नगराएर आज बिहान देखि उक्त नाका ठप्प पारेको छ । एम्बुलेन्स बाहेकका सवारी साधनमा रोक लगाएको बाँके प्रहरीले जानकारी दिएको छ । मानिसको हिडडुलमा समेत कडाई गरिएपछि ओहोर दोहोर गर्न समस्या भएको प्रहरीको भनाई छ ।

सिमामा भएको कडाईबारे नेपाली पक्षलाई पूर्व जानकारी पनि नदिएको र नाका कहिले सम्मको लागि बन्द गरेको हो केहि खुलाइएको छैन ।

Comments