काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस परिसर कीर्तिपुरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसका छात्राहरुले प्रहरीमा उजुरी दिएका छन् ।
उजुरीमा विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यवहार गर्ने गरेको उल्लेख छ । केटी देख्ने बित्तिकै जिस्क्याउने र हस्तमैथुन गर्ने युवाहरुको समूह बढ्न थालेपछि उजुरी दिएको एक छात्राले बताइन् । उनले केही साथी पटक पटक दुव्र्यवहारमा पवरिसकेकोले समयमै सचेत गराएका हौं ।
केही महिना अघि परीक्षा नियन्त्रण कार्यालयतर्फ जाने बाटोमा एक प्राध्यापकले नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । छात्राहरुले साँझ बिहान हिंड्न अफ्ठ्यारो महसुस हुन थालेको र कुनै अप्रिय घटना नहोस भनेर सम्बन्धित निकायलाई बेलैमा सचेत गराएको बताएका छन् । उनिहरुले सामूहिक हस्ताक्षरसहित प्रहरीमा उजुरी गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

Comments