मेलबर्न । अष्ट्रेलियावासी दीपकथापा नेपालबाट बाहिर रहेर पनि नेपाली कला संस्कृति तथा गीत संगीतलाई औधि प्रेम गर्छन् । नेपाली लोक संगीतलाई विदेशमा रहेर पनि निरन्तरता दिनु यसको प्रमाण हो ।
दीपक थापा ( डिबी थापा) ले यसपाली लोक दोहोरी कोसेली ‘कुखुरालाई चारो’ लिएर आएका छन् । पछिल्लो समयका लोकप्रिय सर्जक तथा कलाकार प्रकाश सपुतको लय तथा शब्दमा रहेको उक्त गीतमा दीपक थापा र बिन्दु परियारको स्वर रहेको छ । त्यस्तै, गीतको म्युजिक भिडियो लोकप्रिय कलाकारहरु रामजी खाँड र करिश्मा ढकालले अभिनय गरेका छन् ।
कुखुरीलाई चारो म्युजिक भिडियोलाई नेप्को इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । म्युजिक भिडियोको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

Comments