एजेन्सी । युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित हासिल गरेको छ । सोमबार राति समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मेनियालाई १–९ गोल अन्तरले हराउँदै ऐतिहासिक जित निकालेको हो ।

सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आर्साेलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मेनियाका ईडगर बाबायानले एक गोल मात्रै फर्काए ।

इटालीको यो सबैभन्दा ठूलो अन्तरको जित मध्येको एक हो । यसअघि सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० ले हराएको थियो ।

ईटालीले युरोकप छनोटका सबै खेलमा शतप्रतिशत जित निकाल्दै  समूह जे को शीर्ष स्थानमा रहेको छ । छनोटको अन्त्यसहित अर्मेनिया पाँचौ स्थानमा रहेको छ ।

Comments