काठमाडौं । यसअघि बजारमा सार्वजनिक गीतले दर्शक–स्रोताको मन जितेपछि गायक जनक ताम्राकार औधी खुशी छन् । नेपाली सांगीतिक दुनियाँमा अलग्गै परिचय बनाउन प्रयासरत उनले फेरि अर्को नयाँ कोसेली दर्शक–स्रोतामाझ ल्याएका छन् ।

जनकले नयाँ सांगतिक कोसेलीकारुपमा ‘पियार’ ल्याएका हुन् । यो गीतमा उनलाई निकीता थापाले स्वरमा साथ दिएकी छन् ।

महेश ताम्राकारको शब्द–संगीत रहेको ‘पियार’लाई प्रसन परियारले एरेन्ज गरेका हुन् । वर्तमान समयमा गीतमा शब्द चयन सतही भइरहेको अवस्थामा जनकको यो गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ । यसअघि जनले काफल कम्ला, लौ लौ सरररलगायत गीत बजारमा ल्याइसकेका छन् ।

यस्तै निकीताले ‘उडायो हावाले रंग’ जस्ता गीत ल्याइसकेकी छन् । साथै यस गीतको म्यूजिक भिडियोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडीयोग्राफी सञ्जीव राईले गरेका हुन् ।

Comments