मेलबर्न। प्रविधीको विकास संगै विद्यार्थीहरुमा प्राविधिक शिक्षा तर्फको आकर्षण पनि बढ्दै गईरहेको छ । त्यसमध्ये फोटोग्राफी अहिलेका विद्यार्थीहरुको रोजाईमा पर्न थालेको छ ।

अष्ट्रेलियामा आउने विदेशी विद्यार्थीहरुको लागि विभिन्न युनिभर्सिटीहरुले फोटोग्राफी कोर्स उपलब्ध गराएका छन् । फोटोग्राफीमा स्नातक गर्न चाहने विद्यार्थीहरुले तीन वर्षे कोर्स गर्न सक्छन्।

फोटोग्राफी अन्तर्गत स्नातक तहमा डकुमेन्ट्री फोटोग्राफी, फोटोग्राफिक आर्ट प्राक्टिस, फोटोग्राफी, फेशन एण्ड कमर्स जस्ता विषयहरु समावेश गरिएका हुन्छन् । यो तिन वर्षे फुल टाइम कोर्स हो । पढाई शुल्क औसतमा वर्षको २८ हजार डलर लाग्छ ।

दिईएका जानकारीहरु युनिभर्सिटी अनुसार केही फेरबदल हुन सक्छन् । फोटोग्राफी पढाई हुने युनिभर्सिटीहरु :

– ग्रिफ्फिथ युनिभर्सिटी

– युनिभर्सिटी अफ मेलबर्न

– क्यानबेरा इन्स्टिच्युट अफ टेक्नोलोजी

– जेम्स कुक युनिभर्सिटी

– चार्ल्स स्टट युनिभर्सिटी

– आरएमआइटि युनिभर्सिटी

– युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी

– युनिभर्सिटी अफ द सनसाइन कोस्ट आदि ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments