सिड्नी । अष्ट्रेलियामा केही दिन अगाडी निधन भएका नेपाली युवा सन्तोष गौतमको शव नेपाल पठाउनको लागि सहयोग अभियान सुरु भएको छ । नेप्लिज क्रिकेट एसोसिएसनले उक्त सहयोग अभियान संचालन गरेको हो ।
परिवारसंग अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सन्तोष गौतम क्रिकेट खेलाडी समेत थिए । केही दिन अगाडी श्रीमान श्रीमतीको घरझगडा हुँदा उनको निधन भएको थियो । श्रीमतीले धारिलो हतियारले प्रहार गर्दा उनको निधन भएका कारण प्रहरीले उनकी श्रीमतीलाई पक्राऊ गरेको छ ।
गौतम दम्पत्तिको एक छोरी छन् । नेप्लिज क्रिकेट एसोसिएसनले गौतमलाई श्रद्धान्जली र छोरीलाई आशीर्वाद सहित सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध गरेको छ ।
सहयोगको लागि यहाँ क्लिक गर्नुहोस् : https://www.gofundme.com/f/tribute-to-late-santosh-gautam

Comments