विगत एक दशकदेखि अस्ट्रेलियालाई कर्मथलो बनाएका सिड्नी निवासी गायक ईश्वर पोखरेलको नयाँ म्युजिक भिडियो ‘चौबिस घण्टै’ सार्वजनिक भएको छ।

उनले सो म्युजिक भिडियो गत नोभेम्बर २२ मा आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन्।

 

गायक पोखरेल र गायिका मेलिना राईको आवाज रहेको उक्त म्युजिक भिडियोमा शब्द तथा संगीत एकनारायण भण्डारीको रहेको छ भने भिडियोमा केकी अधिकारी र सुरज पौडेलले अभिनय गरेका छन्।

प्रकाश धितालको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् भने सन्तोष राजबाहकको कोरियोग्राफी तथा कृष्ण बिकको संगीत संयोजन रहेको छ।

दुईवटा सोलो एल्बम तथा दुई दर्जनभन्दा बढी गीतहरू गाइसकेका गायक पोखरेलले प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिन आफैमा चुनौतीपूर्ण कार्य भए पनि दर्शक–श्रोताको माया, प्रेम र उत्साहले आफूलाई यस क्षेत्रमा अगाडि बढिरहन प्रेरणा प्राप्त भइरहेको बताए।

एम्पायर एजुकेसन एण्ड भिसा सर्भिसेजले प्रायोजन गरेको उक्त म्युजिक भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले तयार पारेको हो।

 

Comments