एजेन्सी । बेलायतको लण्डनस्थित लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलका बेलायती नागरिक भएको बेलायतको प्रहरीले पहिचान गरेको छ ।

गत शुक्रबार लण्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति २८ वर्षीय उस्मान खान भएको प्रहरीले जनाएको हो । खान यसअघि नै आतंकवादी गतिविधिमा संलग्न भएको अभियोगमा जेलजीवन भुक्तान गरिसकेका व्यक्ति थिए ।

प्रहरीका अनुसार उनी बेलायतको स्टाफोर्डसायरका बासिन्दा थिए । लण्डन ब्रिजको उक्त घटनामा दुईजना मारिएका थिए । अरु केही घाइते भएका थिए । घटनास्थलमा प्रहरीको कारवाहीमा उस्मानको पनि मृत्यु भएको थियो ।

साथै उनी गत वर्ष मात्रै जेलबाट छुटेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

Comments