मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा डिसेम्बरको एक रात बबाल हुने भएको छ । हैट क्रिएसन एण्ड इन्टरटेनमेन्टले नयाँ वर्षको अवसरमा उक्त बबाल नाइटको आयोजना गरेको हो ।
आयोजकका अनुसार, बबाल नाइटमा अहिलेका चर्चित र्यापर भिटेनको धमाकेदार प्रस्तुति रहनेछ । बबाल नाइटमा भरपुर मनोरन्जन लिन चाहनेहरुका लागि प्रवेश शुल्क ३५ डलर र ४० डलर रहेको छ ।
बबाल नाइट आगामी ३० डिसेम्बर सोमबार राती Level 3 Nightclubs , Crown Melbourne मा हुनेछ । कार्यक्रम राती ८:३० बजे देखि सुरु हुने बताइएको छ ।

Comments