सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थीहरुका लागि रोजगारीमूलक इन्फर्मेसन सेसन आयोजना हुने भएको छ । एड्भान्स कलेज अफ हेल्थले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
एज्ड केयर तथा डिसएबिलिटी कोर्स संचालन गर्दै आएको एड्भान्स कलेजले नेपाली विद्यार्थीलाई एज्ड केयर सम्बन्धि तालिम दिंदै रोजगारीको लागि सहयोग गर्दै आएको छ । सोही क्रममा कलेजले आगामी डिसेम्बर ७ तारिख शनिबारका दिन इन्फर्मेसन सेसनको आयोजना गरेको हो । जसमा विभिन्न क्षेत्रका विज्ञहरुले तालिम दिने बताइएको छ ।
इन्फर्मेसन सेसन २६० लिभरपुल रोड स्थित Ashfield Townhall मा हुनेछ । आयोजकका अनुसार, कार्यक्रम बिहान १० बजे देखि दिउँसो २ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा विद्यार्थीहरुको लागि नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ ।

Comments