एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

Comments