काठमाडौं । बागलुङको बढीगार्ड गाउँपालिका(७ मा मङ्‍गलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा ३ जना घाइते भएका छन् भन् एक जना बेपत्ता रहेको छ।

मृत्यु हुनेमा ९ जना महिला, ४ जना पुरुष र १ जना बालक रहेको बागलुङ डिएसपी झविन्द्रप्रसाद भट्टराईले बताउनुभयो । यस्तै, घाईते हुनेमा महिला, पुरुष र बालक एक–एक जना रहेका छन्।

कुलदेवताको पूजा गर्ने सिलसिलामा गुल्मीको इस्माबाट बागलुङको बुर्तीबाङ जाँदै गर्दा बिहान ९ः५५ बजे जीप दुर्घटना भएको डिएसपी भट्टराईले जानकारी दिनुभएको छ । बढीगार्ड गाउँपालिका–७ मा जीप सडकबाट करिब ५ सय मिटर तल बढीगार्ड खोलामा खसेको उहाँले बताउनुभयो ।

मृतकहरू कसैको पनि पहिचान हुन सकेको छैन ।

Comments