एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् ।

फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।

 

Comments