काठमाडौं । रजस्वलाका बेला छाउ बार्ने चलन कर्णाली र सुदूरपश्चिम मात्र होइन, गण्डकी प्रदेशमा पनि छ । मुख लुकाउनुपर्ने, अरुसँग बोल्न, छोइन, नहुने, आफ्नो घरधुरी अनि दाजुभाइ देख्न नहुने भन्दै रजस्वला हुँदा किशोरीलाई कोठाभित्र राख्ने चलन यहाँका केही गाउँमा छ ।

पहिले छुट्टै ‘कटेरा’ बनाई राख्ने गरिएको थियो । अहिले छिमेकमा लुकाइन्छ । सुन्दरबजार नगरपालिका–८ बलिथुमकी १३ वर्षीया सरिता परियार मंसिर १० गते पहिलोपटक रजस्वला भइन् ।

उनकी आमा शर्मिलाले पैदल १५ मिनेटमा पुगिने आशिका परियारको घर पुर्याइन् । साँझ बिहान उनी आफैंले छोरीको खाना पुर्याउँदा  छोरी छिमेकीको कोठामै थिइन् । साँझ भने भेटिइनन् । आशिकाले मेरो छोरी लिई हिँडिछे । यतिका दिन भयो, अहिलेसम्म पत्तो छैन,’ शर्मिलाले भनिन् ।
आशिकाको घरमा हजुरआमा र दुई बहिनीबाहेक अरु नरहेको शर्मिला बताउँछिन् । उनका बुबाआमा चितवन छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Comments