काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणामबारे समीक्षात्मक रिपोर्ट पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले तीन दिनभित्र चुनावी रिपोर्ट पेश गर्न निर्देशन दिएको हो । मंसिर २३ गते बस्ने सचिवालयको बैठकमा तल्ला तहका कमिटीको रिपोर्टसहित समीक्षा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपचुनावको धेरै स्थानमा नेकपाले विजय हासिल गरेको भएपनि केही स्थानमा भएको पराजयको समीक्षा आवश्यक गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । ५२ स्थानमा भएको उपनिर्वाचनमध्ये नेकपाले ३० स्थानमा विजय हासिल गरेको छ । सचिवालय बैठकले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

अध्यक्ष दाहालले बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेका जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव राख्नुभएको थियो ।

Comments