मेलबर्न । अध्ययनकालागि अष्ट्रेलियामा आएका एक नेपाली विद्यार्थी आइतवारदेखि बेपत्ता भएकी छन् ।

सिड्नीमा बस्दै आएकी १९ वर्षीया नविना महत आइतवारदेखि सम्पर्कविहीन रहेको परिवार श्रोतले बताएको छ । उनी आइतवार अपरान्ह पौने पाँच बजे सिड्नीको रेडफर्न स्टेशनमा देखिएकी थिइन् । नविनाले कालो जुत्ता,कालो पाइन्ट र कलेजी रंगको टिशर्ट लगाएको सिड्नी प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रहरीले उनको खोजी कार्य जारी राख्नुका साथै फोनको डाटा विश्लेषण गरिरहेको जनाएको छ । बेपत्ता किशोरी नविनाको नेपालको ठेगाना भने खुलाइएको छैन ।

Comments