काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित तारा एयरलाइन्स संसारको सबैभन्दा खतरनाक एयरलाइन्सको सूचीमा परेको छ ।

विश्वको चर्चित म्याग्जिन फोर्ब्सले सार्वजनिक गरेको संसारका खतरनाक एयरलाइन्सहरुमा नेपालको दुई वटा एयरलाइन्स परेका छन् । नेपालको दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्स खतरनाक एयरलाइन्सको सूचीमा रहेका छन् । फोर्ब्स म्यागजिनले गरेको अध्ययनमा सन् २०१९ को सबैभन्दा खतरनाक एयरलाइन्समा नेपालको तारा एयर परेको हो । फोब्र्सले ७ वटा ताराको मापन मान्दै गरेको अध्ययनमा तारा एयर खतरनाक एयरलाइन्सको सूचीमा परेको हो । तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै पाएको छ ।

यसैगरी सरकारी स्वामित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स संसारकै दोस्रो खतरनाक एयरलाइन्सको सूचीमा रहेको छ । खतरनाक एयरलाइन्सको तेस्रो सूचीमा भने अफगानिस्तानको एरियान अफगान एयरलाइन्स रहेको छ । साथै चोथौमा ब्लुइङ एयरलाइन्स, पाँचौंमा काम एयर, छैठौमा ट्रिगान एयर र सातौंमा एससिएटी रहेको फोब्र्सको सूचीमा उल्लेख छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० को उद्घाटनको भव्य तयारी गरिरहँदा पूर्वसन्ध्यामा फोर्ब्स म्यागजिनको सूची सार्वजनिक भएको हो ।

भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ ।

Comments