काठमाडौं । भारतीय चर्चित कमेडियन कपिल शर्मा बुवा बनेका छन् । उनी वास्तविक जीवनमै छोरीको बुवा बनेका हुन् ।
कपिलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् खबर सार्वजनिक गरेका थिए । कपिलको उक्त ट्वीट अनुसार, उनकी श्रीमती गिन्नी चतरथले मंगलबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।
कपिलले छोरीको आगमनले  भाग्यमानी महसुस भइरहेको उल्लेख गर्दै सबैको आशीर्वादको खाँचो रहेको बताएका छन् ।

Comments