मेलबर्न । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढ्दै गएपछि सरकारले आप्रवासीहरुलाई रिजनल क्षेत्रमा आकर्षित गर्नको लागि विभिन्न योजनाहरु ल्याएको छ । जसमा विदेशी विद्यार्थीहरुका लागि पनि अष्ट्रेलिया सरकारले विशेष योजनाहरु ल्याएको छ ।
अष्ट्रेलियाको रिजनल क्षेत्रमा जान चाहने विद्यार्थीले १२ सय स्थानबाट एक स्थान आफ्नो लागि रोज्न सक्नेछन् । त्यस्तै, शैक्षिक संस्थाबाट विद्यार्थीले प्रतिवर्ष १५ हजार डलर छात्रवृत्ति पाउन सक्नेछन् । यसमा पीएचडी सम्मका विद्यार्थीहरु पर्छन् ।
यस बारेमा टिडब्लु जीजी एजुकेसन एंड माइग्रेसनका प्रिन्सिपल टोनु घोथानेसंग गरिएको कुराकानीमा उहाँले रिजनल जाने विद्यार्थीलाई ५ अतिरिक्त पोइन्ट मिल्ने, ४ वर्षको पोस्ट स्टडी भिसा मिल्ने, कामको राम्रो अवसर मिल्ने लगायतका फाइदाहरु हुने बताउनुभयो । आगामी शैक्षिक सत्र अर्थात २०२० को फेब्रुअरी र मार्चको लागि एप्लाई गर्न सकिने समेत घोथानेले जानकारी दिनुभयो । यसका साथै उहाँले थप जानकारी लिन चाहने विद्यार्थीले टिडब्लु जीजीको फेसबुक पेज मार्फत सम्पर्क गरि आफ्नो जिज्ञासा राख्न सक्ने बताउनुभएको छ ।

Comments