काठमाडौं । यो शताब्दीकै अन्तिम सूर्य ग्रहण आज लाग्दैछ । आज बिहीबार खण्डग्रास सूर्य ग्रहण लागेको हो । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा शुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा पुगेर मोक्ष हुनेछ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिने जनाइएको छ ।

पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्दा तीनै पिण्ड सीधा रेखामा परेका बेला चन्द्रमाले सूर्यको प्रकाश छेकिंदिँदा पृथ्वीबाट सूर्यमा देखिने छायाँ नै सूर्य ग्रहण हो । सीधा रेखाको माझमा पर्ने पिण्डले अर्को पिण्डलाई आंशिक रुपमा छेकेमा खण्डग्रास र पूरै छेकेमा खग्रास ग्रहण भन्ने गरिन्छ । सूर्यग्रहण सधैँ औंसीतिथिमा र चन्द्रग्रहण पूर्णिमाका दिन देखिन्छ ।

नेपाली आकाशमा देखिने यो ग्रहण खगोलीय अध्ययनका लागि महत्वपूर्ण अवसर मानिएको छ । खगोलका पिण्ड र तिनको गति बुझ्नका लागि ग्रहण महत्वपूर्ण दृश्य हुने खगोलविद् बताउँछन् । तर ग्रहण लाग्दा आकाशबाट संवेदनशील किरण आउने हुँदा नांगो आँखाले ग्रहण नहेर्न विज्ञहरुले आग्रह गरेका छन् ।

ग्रहण लाग्नु केही समय अगाडिदेखि ग्रहण बार्नुपर्ने धार्मिक मान्यता रहेको छ । यस अवधिमा अर्थात सुतकको समयमा मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने लगायतका कार्य गर्न नहुने बताइएको छ । समितिका अनुसार यसअवधिमा देवताको मूर्ति तथा तुलसीको वृक्ष स्पर्शसमेत गर्न मिल्दैन । यसपटकको सूर्य ग्रहण मूल नक्षत्रमा परेकाले अबको ६ महिनसम्म कुनै पनि शुभकार्य गर्न नहुने ज्योतिषीय मान्यता रहेको छ ।

ज्योतिषीय मान्यता अनुसार राशि अनुसार सूर्य ग्रहण नजर गर्दा लाभ वा हानी हुनसक्नेछ ।

१२ राशिका लागि सूर्य ग्रहणकाे फल यस प्रकार बताइएकाे छ :

मेष : मानहानी
वृष : कष्ट
मिथुन : स्त्रीपीडा
कर्कट : सुख
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्रीप्राप्ति
वृश्चिक : क्षति
धनु : घात
मकर : खर्च
कुम्भ : लाभ
मीन : सुखदायी

Please follow and like us:

Comments